काठमाडौं, २५ असार । राष्ट्रिय एकता अभियानको वर्तमान कमिटी विघटन भई निर्वतमान अध्यक्ष विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन भएको छ ।
हिन्दु धर्म र राष्ट्रियताको पक्षमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको अभियानको आइतबार राजधानीमा सम्पन्न संस्थापक एवम् प्रमुख अभियन्ताहरुको वैठकले सम्मेलन आयोजक समिति गठन गरेको हो । समितिको महासचिवमा डा. प्रभात कुमार कुशवाहा छन् ।
बतिसपुतलीमा सम्पन्न भएको बैठकले अभियानलाई राजनीतिक संगठनको रूप परिवर्तन गर्ने निष्कर्षसहित हालको केन्द्रीय तहको अनौपचारिक संरचना विघटन गर्ने निर्णय गरेको हो ।
औपचारिक केन्द्रिय समिती गठनका लागि अभियानका साधारण सदस्यहरूलगायत सबै सदस्यहरूको सहभागीतामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको छ ।
६ महिनाभित्र सम्मेलन आयोजना गर्ने र परिस्थितीजन्य कारणले आवश्यक परे ३ महिनासम्म मिति सार्न सकिने जनाईएको छ। सम्मेलनको मिती र स्थान आयोजन समितीले तोक्नेछ।
अभियानको अबधारणा पत्रको आधारमा संगठनको विधान तथा नियमाबली तयार गर्नका संविधानसभा सदस्य वीपी यादवको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा उप–समिती गठन गरिएको छ ।
बैठकले अभियानको स्थापनामा विशेष भुमिका निर्वाह गरेका विनय यादव, निवर्तमान उपाध्यक्ष सुनिता साह तथा मुख्य अभियन्ताहरु मनिष पुर्वे, विवेक कुशवाहा, कृष्ण साह, बोधनारायण यादवलगायतलाई विशेष सम्मान दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया