मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

समाचार

रुपन्देही, ३१ असार । रोहीणी गाउँपालिका–४ सेमरहवास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

लु.७३प ८६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–४ पकडी बस्ने ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ