नेपालगन्ज, १ साउन । बैङ्किङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।
रुपन्देहीबाट आएको पक्राउ पुर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाएको छ ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बैङ्किङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिए । यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं। १ होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री हुन् ।
यादवविरुद्ध रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । यादवले चिनजानकै व्यक्तिसँग १० लाख बढी रुपैयाँ लिएर समयमा फिर्ता नगरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया