कपिलवस्तुमा लम्पी स्किन बढ्दै

समाचार

कपिलवस्तु, १९ साउन । जिल्लामा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि गाईवस्तुहरु धमाधम मर्न थालेका हुन् । गाईवस्तु एकाएक मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

जिल्लामा ८ हजार ४६ गाईगोरु लम्पी स्किन रोगबाट संक्रमित भएको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ । यस्तै सो रोगबाट १ सय ७७ गाई गोरु मरेका छन् ।

जिल्लामा पहिलो पटक कपिलवस्तु नगरपालिकामा देखा परेको भएपनि अहिले जिल्लाभर यसको प्रकोप फैलिएको छ ।

कपिलवस्तुको १० पालिका मध्ये मायादेबी र यशोधरा गाउपालिका बाहेक ८ पालिकामा लम्पी स्किन रोग फैलीएको खनालले बताए।

लम्पी स्किन रोगका कारण गाईगोरु मर्नुका साथै दुध उत्पादनमा ह्रास आएको छ । संक्रमणले दुध उत्पादन र बिक्री वितरणमा समेत कमी आएको छ कृषकहरु बताउँछन् । केन्द्रमा असारका अन्तिम साता लम्पी स्किनको भ्याक्सिन किन्न ७ लाख रकम आएको थियो ।

सोही रकमले भ्यासिक्न खरिद गरी १० दिन अघिबाट संक्रमित गाईबस्तुलाई भ्याक्सिन लगाउन सुरु गरिएको प्रमुख खनालले बताए।

केन्द्रले २ हजार ६ सय भ्याक्सिन खरिन गरेका थियो। सबैभन्दा धेरै प्रभावित रहेको बाणगंगा नगरपालिकाबाट भ्याक्सिन लगाउन सुरु गरिएको पशु चिकित्सक यमलाल पोख्रेलले बताए। गत साउन १४ सम्म २ हजार ८५ वटा पशुलाई भ्याक्सिन लगाइ सकिएको छ।

यस्तै १ सय २० गाई वस्तुलाई उपचारर्थ राखिएको छ। लम्पी स्किन फैलिँदै गर्दा प्राविधिक जनशक्तिको समेत अभाव देखिएको छ। विज्ञ केन्द्र र १० पालिकाभर ४० जना पशु प्राविधिक छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ