बसको ठक्करबाट पाँच राँगा मरे

समाचार

बाँके, १ भाद्र । यात्रुवाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको छ भने एउटा राँगा घाइते भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा न ८ नयाँ गाउँ पुल नजिकै बिहीबार राती राती ८ः ३० बजे यात्रुवाहक बसको ठक्करबाट ५ वटा राँगा मरेका हुन भने एक वटा राँगो घाइते भएको हो ।

प्रहरीका अनुसार नेपालगन्जदेखि पोखरा जाँदै गरेको बा ६ प ६३७८ नम्बरको बसले सडकमा रहेका राँगालाई ठक्कर दिएको हो । तीव्र गतिमा गुडेको बसले राँगाहरूलाई ठक्कर दिएर भागेको हो।

ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको जनाएको छ । बसमा सवार यात्रु सकुशल रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ