पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

समाचार

मोरङ, ३० भाद्र । ग्रामथान गाउँपालिका–२ स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

सोही गाउँपालिका–२ खुनियाकट्टा बस्ने घनश्याम माझिकी छोरी १२ वर्षीया समिक्षा माझि र मनोज खवासको छोरी १० वर्षीया रेजिना खवासको शनिबार दिउँसो मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ