विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेशसभाको शनिबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया