कपिलवस्तु, २० भाद्र । हरितालिका तीजको अवसरमा कपिलवस्तु बहुमुखी क्यामपस तौलिहवामा तीज गीत कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभाको उजागर गर्न र मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख नवराज तिवारीले विद्यार्थीहरुमा अतिरिक्त्त क्रियाकलाप मार्फत वौधिक क्षमता तथा शैक्षिक गतिविधिलाई टेवा दिनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सहायक क्याम्पस प्रमुख विनय कुमार पाण्डेयले क्याम्पसको पठपाठनको साथ साथै समुदाय संग जोडिएका हरेक गतिविधीहरुलाई क्याम्पसले निरन्तरका साथ लैजाने बताए ।
अभिभावक संघका केन्द्रिय सदस्य देवी पन्थीले नेपालमा तिजको नाममा विकृति आएको हुंदा सभ्य रुपमा तिज तथा अन्य चाडपर्वहरु मनाउनुपर्ने बताए । कार्यक्रम भत्तिरम पन्थीको स्वगत र दिपा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थीहरुले तिजको गित गायन तथा नृत्यहरु प्रस्तृत गरेका थिए ।
तपाईको प्रतिक्रिया