काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीप्रति हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
‘नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस, २०७५ का अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउँदै प्रधानमन्त्रीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गरे । राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।
तपाईको प्रतिक्रिया