जनकपुरधाम, २० साउन । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित धनुषामा ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
राजविराज, २० साउन । सप्तरीमा मंगलबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं, २० साउन । बर्षौको कानुनी र राजनीतिक लडाईपछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको अगस्ट ५ तारिख बुधवार शिलान्यास हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमित आमन्त्रितहरुका बीच मन्दिरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
रौतहट, १९ साउन । इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिए ।
वीरगन्ज, १९ साउन । नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज, १९ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा वडा नं. २ लौनियाँ टोलमा २५ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै उक्त वार्डमा संक्रमितको संख्या ३१ पुगेको छ ।
वीरगञ्ज, १९ साउन । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।
काठमाडौं, १८ साउन । भारतको राज्यसभा सांसद तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा सिंगापुरमा निधन भएको हो ।
काठमाडौं, १८ साउन । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।
काठमाडौं, १८ साउन । रक्षाबन्धनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पाकिस्तानी बहिनी कमर मोहसिन सेखले राखी पठाएकी छिन् ।
काठमाडौं, १८ साउन । भारतका गृहमन्त्री अमीत शाहलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनले आइतबार ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिएको छ ।
जनकपुरधाम, १८ साउन । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जनकपुरधाम, १८ साउन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
काठमाडौं, १८ साउन । केन्द्र सरकारले कोरोना महामारी फैलिएको प्रदेश २ मा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
रौतहट, १८ साउन । रौतहटको चर्चित धार्मिकस्थलको रुपमा रहेको पौराइ ब्रम्हस्थान १५ दिनका लागि बन्द गरिएको छ ।
नेपालगन्ज, १८ साउन । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा तीन दिनसम्म पूर्ण निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले आइतबारदेखि मंगलबारसम्म निषेधाज्ञा जारी गरेको हो ।
रुपेन्द्र पटेल, रौतहट, १८ साउन । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ परेका छन् ।
महोत्तरी, १७ साउन । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लगाएको जलेश्वर नगर क्षेत्रभित्रको पाँचदिने निशेषाज्ञाको पहिलो दिन सफल भएको छ ।
जनकपुरधाम, १७ साउन । रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जनकपुरको जानकी मन्दिरको माटो पठाइने भएको छ ।
काठमाडौं, १७ साउन । चीनद्वारा प्रायोजित ह्याकरहरूले कोरोना भाइरस (कोभिड–१९) को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप अमेरिकाले लगाएको छ ।
काठमाडौं, १७ साउन । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई घर किनिदिएको कुरा झठो रहेको कुरा नेता डा.सुरेन्द्र झाले बताएका छन् ।
जनकपुरधाम, १६ साउन । कोरोना भाइरसले आक्रान्त प्रदेश २ सरकारलाई इजरायली सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्ध लड्न इजरायली सरकारले प्रदेश २ को समाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
वीरगञ्ज, १६ साउन । वीरगञ्जमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना बारा र एकजना रौतहटका छन् ।
काठमाडौं, १६ साउन । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।