बाँके, २८ साउन । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बुटवल, २८ साउन । बुटवल कोरोना विषेश (अस्थायी) अस्पतालमा उपचाररत् दुई जनाको मृत्यु भएको छ ।
कैलाली, २७ साउन । भजनी नगरपालिका–७ चर्रा बस्ने ३६ वर्षीय अशोक पासी सोही ठाउँस्थित गणेशमान आधारभूत विद्यालयको नजिकै डुबान भएको स्थानमा माछा मार्न लगाएको पासोमा अल्झिएको अवस्थामा मृत फेला परेका छन् ।
सुनसरी, २७ साउन । बर्जु गाउपालिका–५ बाट करिब ४ लाख रुपैयाँ बराबरको ५८ बोरा तयारी सुर्ती र २२ बोरा खुल्ला समेत गरी ८० बोरा सुर्ती मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
जनकपुुरधाम, २७ साउन । प्रदेश २ मा १ सय ५३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ ।
जनकपुरधाम, २७ साउन । धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकाले एक साताका लागि सम्पूर्ण कामकाज बन्द गर्ने भएका छन् ।
नेलागन्ज, २७ साउन । बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।
काठमाडौं, २७ साउन । ‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् ।
जनकपुरधाम, २७ साउन । धनुषामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विदेह नगरपालिका–८ का एक ६० वर्षीय पुरुषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जनकपुरधाम, २६ साउन । कोरोनाको संक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा लगाएको निषेधाज्ञा अझै ७ दिनका लागि थपिएको छ ।
काठमाडौं, २६ साउन । भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’
काठमाडौं, २६ साउन । नेपालले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको स्पष्ट गरेको छ ।
काठमाडौं, २६ साउन । पाकिस्तानले चीनको सहयोगमा ऐतिहासिक सांस्कृतिक धरोहरहरु नष्ट गर्न लागेको भन्दै नेपाल रिपब्लिक पार्टीले आपत्ति जनाएको छ ।
काठमाडौं, २६ साउन । वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको प्रदेश २ का मन्त्रीहरु यतिबेला आफ्नो मन्त्री पद निरन्तरताका लागि अध्यक्षहरुबीच लोभलालच बाँड्दै काठमाडौंमा व्यस्त देखिएको चर्चा छ ।
काठमाडौं, २६ साउन । प्रदेश नं. २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।
वीरगन्ज, २६ साउन । कोरोना भाइरसको हट स्पट बनेको पर्सा जिल्लामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
वीरगन्ज, २६ साउन । अस्ति शनिबार राति नारायण कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएकी महिनाको पीसीआर रिपोट पोजिटिभ आएको छ ।
नेपालगन्ज, २५ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा जिल्ला हुलाक कार्यालय बांके र सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र बांकेको समन्वयमा कोरोना भाइरस (कोभिड १९) को समस्याका बीच भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाँके, २५ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार रातिदेखि नेपालगञ्न सिल गरेको छ । शनिबार राति १२ बजेदेखि गरिएको सिल मङ्गलबार राति १२ः०० बजेसम्म रहनेछ ।
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।
काठमाडौं, २५ साउन । भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरे ।
वीरगन्ज, २५ साउन । वीरगन्जका अस्पतालहरुले बिरामीलाई भर्ना नै नगरी गेटबाटै फर्काई दिने गरेपछि स्थानीयहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।
वीरगन्ज, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको पर्सा जिल्लामा थप ७५ जना संक्रमित फेला परेका छन् ।