काठमाडौं, ४ भाद्र । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । राजदूत क्वात्राले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेका हुन ।
नेपालगञ्ज, ४ भाद्र । थरुहट थारुवान राष्ट्रिय मोर्चाले भदौ ७ ८ मा तय गरेको विरोधको कार्यक्रम स्थगित गरेको छ । मोर्चाले पत्रकार सम्मेलन मार्फत भदौ ७ र ८ भदौमा गर्ने भनिएको विरोधका कार्यक्रम स्थगित गरिए पनि अन्य संघर्षका कार्यक्रम जारी रहेने जनाएको छ ।
काठमाडौं, ४ भाद्र । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वस्थ जीवनका लागि मानिसले गर्ने सबै प्रयास त्यतिबेला सार्थक हुन्छ जतिबेला ऋषि महर्षिहरुले प्रतिपादन गरेको जीवन शैली अपनाउन सकिन्छ । तर सबै मानिसलाई स्वास्थ्य जीवनको सिद्धान्त पत्तो हुँदैन । त्यही अभावलाई परिपूर्ति गर्न आयुर्वेद क्षेत्रका तीन चिकित्सकले पुस्तक तयार गरेका हुन् ।
रौतहट, ४ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका श्रृङ्खलाबद्ध हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
कैलाली, ४ भाद्र । जिल्लामा बिहीबार राति १२ देखि लागू हुने गरी भाद्र १४ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।
रौतहट, ४ भाद्र । अज्ञात समूहले रौतहटमा बुधबार राति साढे ९ बजे एक मन्दिरका पुजारीको गोली हानी हत्या गरेको छ ।
काठमाडौं, ३ भाद्र । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ ।
महोत्तरी, ३ भाद्र । महोत्तरीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ ।
लहान, ३ भाद्र । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जनकपुरधाम, ३ भाद्र । सयौंको बलिदानी र हजारौंको अंगभंगबाट ‘अप्पन शासन, अप्पन प्रशासन’ मूल नाराका साथ प्रदेश २ मा निर्माण भएको प्रादेशिक सरकार जनताप्रति पूर्णरुपमा असक्षम साबित भएको विभिन्न सर्वेक्षणहरुले प्रमाणित गर्दै आएको छ ।
जनकपुरधाम, ३ भाद्र । प्रदेश २ सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरु विरुद्ध अदालत जाने तयारी थालेको छ ।
काठमाडौं, ३ भाद्र । कोभिड–१९ को संक्रमण संघीय राजधानी काठमाडौंमा पनि तीव्रगतिमा फैलिरहेकोले रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ ।
कपिलवस्तु, ३ भाद्र । कपिलवस्तुमा मंगलबार २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
वीरगन्ज, २ भाद्र । पर्सा र बारामा थप एक सय २३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, २ भाद्र । कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार अस्पतालमा भर्ना गरिएको छ ।
जनकपुरधाम, २ भाद्र । प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन् ।
बुटवल, २ भाद्र । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीमा स्थानीय तहहरु धमाधम सिल हुने क्रम जारी छ ।
महोत्तरी, २ भाद्र । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कर्फ्यु (निषेधाज्ञा) आदेश जारी भएको छ । भदौ १ मध्यरातदेखि लागू भएको निषेधाज्ञा भदौ १० सम्म रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौं, २ भाद्र । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ ।
पर्सा, १ भाद्र । पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख कोरोनाबाट संक्रमित भएका छन् ।
काठमाडौं, १ भाद्र । कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश २ का अधिकांश जिल्लामा कतै निषेधाज्ञा त कतै लकडाउन लगाइएको छ ।