काठमाडौं, ७ भाद्र । लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
रौतहट, ७ भाद्र । रौतहट जिल्ला भरमा लागूहुने गरि आगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
रौतहट, ७ भाद्र । रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबारदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।
काठमाडौं, ७ भाद्र । कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रेनले आइतबार ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
रुपन्देही, ७ भाद्र । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि रुपन्देही जिल्लामा ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
कपिलवस्तु, ७ भाद्र । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तु जिल्लामा थप ८ दिन निषेधाज्ञा लम्ब्याइएको छ ।
सर्लाही, ७ भाद्र । हरिवन नगरपालिका–५ घुर्कौलीबाट नियन्त्रित लागूऔषध १ सय १ बोतल डाईलेक्स डिसी, १ सय ९८ बोतल वयरलेक्स, ९ सय थान नाईट्रोभेट र २ सय थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
वीरगन्ज, ७ भाद्र । कोरोना भाइरसको हटस्पट बनेको पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, ७ भाद्र । इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ ।
कैलाली, ६ भाद्र । टिकापुर नगरपालिका–१ क्याम्पस रोडस्थित किराना पसल र दुध डेरीमा आगलागी हुँदा लाखौंको धनमाल जलेर क्षति भएको छ ।
मोरङ, ६ भाद्र । जिल्लाको जहदा गाउँपालिका–३ हातीबंदाबाट १४ केजी लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, ६ भाद्र । अमेरिकाको इस्ट ब्रिस्टलमा अगस्ट ३ मा भएको एक लिलामीमा महात्मा गान्धीले लगाएको पहिलो चश्मा बिक्री भएको छ ।
काठमाडौं, ६ भाद्र । रौतहटमा पुजारी हत्याको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।
रौतहट, ६ भाद्र । रौतहटस्थित नेपाली सेनाले दुईवटा नाईटभिजन हेलिप्याड दुई स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
सर्लाही, ६ भाद्र । कोरोना संक्रमणबाट सर्लाही जिल्लामा तीन जनाको मृत्यु भएको छ । हालसम्म सर्लाही सदरमुकाम मलंगवाका एक पुरुष र एक महिला तथा लालबन्दीकी एक महिला गरी तीन जनाको मृत्यु भएको हो ।
काठमाडौं, ६ भाद्र । कोभिड–१९ का लागि उपयोगी हुनसक्ने औषधि रेमदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् ।
जनकपुरधाम, ५ भाद्र । कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ ।
काठमाडौं, ५ भाद्र । अनुसन्धानको क्रममा कोरोनाका सिकिस्त बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडीसिभिर औषधी नेपाल ल्याउनका लागि आवश्यक अन्तिम तयारी पूरा भएको छ ।
काठमाडौं, ५ भाद्र । विश्वभर कोरोना भाइरसको महामारीपछि म्याक्सिन बनाएर त्यसलाई नियन्त्रण गर्ने प्रयासमा विकसित मुलुकहरु जुटिरहेका छन् ।
बारा, ५ भाद्र । बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ ।
काठमाडौं, ५ भाद्र । कोरोना भाइरस संक्रमणबाट सर्लाही र दोलखाका एक–एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ
विराटनगर, ५ भाद्र । आइसोलेसन शैय्याको अभावमा एक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।