7/31/2020

काठमाडौं, १६ साउन । स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौंले साउन १५ अर्थात खिर दिवसको शुभकामना प्रदान गरेको छ ।

7/31/2020

जनकपुरधाम, १६ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जगत जननी माता सीताको ससुरालस्थित घरको हुने शिलान्यस हुने मन्दिरमा माइती पक्षको ईटा थप्नुपर्ने आग्रह गरेका छन ।

7/31/2020

काठमाडौं, १६ साउन । नेपाल र भारतबीच बेला–बेलामा कुटनीतिक तथा राजनीतिक उतार–चढाव आएपनि नागरिक–नागरिकबीचको सम्बन्धमा कुनै किसिमको चिसोपना आएको देखिँदैन । सदियौंदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक तथा बेटीरोटीको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउन जोड दिइएको छ ।

7/31/2020

काठमाडौं, १६ साउन । प्रदेश २ सरकारका मन्त्रीहरुले प्रदेशमा लुटतन्त्र मचाएको आरोपहरु लाग्दै आएका छन् । प्रदेशका मन्त्रीहरु व्यापक अनियमिततामा संलग्न रहेको आरोप प्रतिपक्षी दलका सांसदहरुले लगाउने गरेका थिए तर ती मन्त्रीहरुको व्यवहारबाट आजीत भएर आफ्नै पार्टीका नेता कार्यकर्ताहरु पनि अब प्रत्यक्षरुपमा विरोध गरिरहेका छन् ।

7/31/2020

जनकपुरधाम, १६ साउन । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् ।

7/31/2020

काठमाडौं, १६ साउन । नेपालमा लकडाउन लगभग पूर्ण रुपमा हटेसँगै त्यसको असर सर्वत्र देखिन थालेको छ । कोरोनो नियन्त्रणका लागि चैत ११ बाट लकडाउन लगाएको केन्द्र सरकारले साउन १ गतेबाट क्रमशः खुकुलो पार्दै लागेको छ । लकडाउन हटेसँग कोरोना संक्रमति र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

7/30/2020

जनकपुरधाम, १५ साउन । प्रदेश २ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ ।

7/30/2020

वीरगन्ज, १५ साउन । पछिल्लो समयमा पर्सामा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रमुख राजनीतिक दलअरुले संघीय सरकारसँग कारोना संक्रमण नियन्त्रण गर्न विज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् ।

7/30/2020

बारा, १५ साउन । बारामा गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।

7/30/2020

रौतहट, १५ साउन । प्रदेश २ का सांसद कुन्दन कुश्वाहाले प्रदेश २ मा भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन ।

7/30/2020

जलेश्वर, १५ साउन । कोरोना भाइरसले भयावह रुप लिन थालेपछि महोत्तरीको जलेश्वर नगरपालिका कार्यालय बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

7/30/2020

काठमाडौं, १५ साउन । भारतले गुन्जी, कालपानी र लिम्पीयाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पठाएको निर्देशनात्मक पत्रको जवाफ नेपालले पठाएको छ ।

7/30/2020

काठमाडौं, १५ साउन । भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । नेपाल एयरलाइन्सका अनुसार नेपालीको उद्धारका लागि पहिलो पटक भारतमा उडान गरिएको हो ।

7/30/2020

काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

7/29/2020

वीरगञ्ज, १५ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ ।

7/29/2020

विराटनगर, १५ साउन । कोरोना भाइरस (कोभिड–१९) कारण एक जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

7/29/2020

मोरङ, १४ साउन । बुढीगंगा गाउँपालिका–३ बाँसबारी चोकस्थित करेन्ट लागेर विराटनगर महानगरपालिका–११ बस्ने ३६ वर्षीय गोपाल कामतको बुधबार बिहान मृत्यु भएको छ ।

7/29/2020

गौर, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले संवैधानिक व्यवस्थामा रहेको त्रुटिका कारण पार्टी भित्र संकट उत्पन्न भएको जीकिर गरेका छन् ।

7/29/2020

वीरगन्ज, १४ साउन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वीरगन्ज र राजविराजमा लुकिछिपी नेपाल छिरेका भारतीय नागरिकका कारण कोरोना संक्रमण फैलिएको बताएका छन् ।

7/29/2020

काठमाडौं, १४ साउन । हङकङमा चीनको प्रभाव बढेको भन्दै न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्यागेको छ । हालै मुख्य क्षेत्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ । यस कानुन लागू भएसँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान लगायतका मुलुकले चिनियाँ कार्यको विरोध गरेको छ ।

7/29/2020

काठमाडौं, १४ साउन । पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले नेपाल भारतबीचको सम्बन्धलाई राजनीतिक खिचातानीले बिगार्न नसक्ने बताएका छन् ।

7/29/2020

काठमाडौं, १४ साउन । विश्व फोसिल फ्यूलबाट टाढिँदै गएको अवस्थामा अब भविष्यका सबै सवारी साधनहरु नविकरणीय उर्जाबाट सञ्चालित हुने निश्चित छ ।

7/29/2020

काठमाडौं, १४ साउन । केही महिनादेखि भारत कोभिड–१९ को चपेटामा परेपछि त्यहाँका राष्ट्रपति रामनाथ कोविन्द र प्रथम महिला सविताले पनि आफ्ना गतिबिधि त्यसैतर्फ उन्मुख गराएका छन् ।

7/29/2020

वीरगन्ज, १४ साउन । वीरगन्जमा २० जनासहित पर्सा जिल्लामा ३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।

7/28/2020

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ ।

ट्रेन्डिङ