जनकपुरधाम, ७ साउन । प्रदेश २ सरकारले बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ । अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा अनुगमन सुरु भएको हो ।
काठमाडौ, ७ साउन । कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले लगाउदै आएको बन्दाबन्दी अर्थात् लकडाउन मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी हटाइएको छ ।
काठमाडौं, ७ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ देखि हुने भएको छ ।
सप्तरी, ७ साउन । मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि राजविराजमा फेरि लकडाउन भएको छ ।
रौतहट, ६ साउन । ईशनाथ नगरपालिका–४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा, ६ साउन । दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी, ६ साउन । नारायणी नदिमा पानीको वहाव बढुन गई पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका २ बोट टोलमा रहेको बस्ती डुबानमा परेपछि त्यस ठाउँका सय घर परिवाका स्थानीय बासिन्दाहरुलाई सोही नगरपालिका २ स्थित अक्सफोर्र्ड कलेजको भवन र कालिदास कलेजको भवनमा सारिएको छ ।
रौतहट, ६ साउन । रौतहटको उत्तरीभेग चन्द्रपुरमा एक जनालाई बाढीले बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका ३ का ५० वर्षीय शुकमानी थिङलाई मंगलबार बिहान ११ बजे बगाएको प्रहरीले जनाएको छ ।
वीरगन्ज, ६ साउन । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ ।
विराटनगर, ६ साउन । सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । सप्तकोशीमा आएको बाढीले खतराको तह पार गरेकोले आसपासका बस्तीलाई उच्च सतर्कताका साथ रहन निर्देशन दिइएको छ ।
जनकपुरधाम, ५ साउन । पुरातत्व विभागले जानकी मन्दिर सौन्दर्यीकरण र विद्युतीकरणको काम गर्दा सम्पदामा पर्न सक्ने असरबारे ख्याल गर्न आग्रह गरेको छ ।
वीरगञ्ज, ५ साउन । जनता समाज पार्टी (जसपा) नेपालले नागरिक विरोधी निर्णय खारेज गर्न माग गरेको छ ।
काठमाडौं, ५ साउन । भारतको हरियाणा राज्यमा पर्ने रोहतकमा कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू भएको छ ।
रौतहट, ५ साउन । आइतबारबाट परिरहेको पानीका कारण रौतहटमा डुबान र बाढीको त्रास बढेको छ । लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार रौतहटमा अविरल बर्षा भइरहेको छ ।
बारा, ५ साउन । जिल्लाको देवताल गाउँपालिकामा ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
कैलाली, ५ साउन । कैलालीको भजनी नगरपालिकामा काँढा नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन् । लगातारको वर्षाका कारणले अहिले डुबानको समस्या बढ्दै गएको छ ।
विराटनगर, ५ साउन । मोरङमा चोरीमा संलग्न रहेको आरोपमा बाबु(छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।
राजबिराज, ५ साउन । एभीन्युज टिभिले समस्या मात्र उठाउँदैन पहल मात्र गर्छ भनि उद्देश्यको साथ टिभिको समन्वयमा बिपन्न, गरिव परिवारलाई राहत बितरण गरेको छ ।
सर्लाही, ५ साउन । वर्षायाम सुरु भएसँगै जिल्लाका अधिकांश गाउँदेखि शहरी क्षेत्र डुबानमा परेका छन् । यसैक्रममा सदरमुकाम मलंगवा पनि डुबानमा परेको हो ।
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
काठमाडौं, ४ साउन । सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ ।
काठमाडौं, ४ साउन । चिनियाँ भाइरोलोजिस्ट (विषाणुविद्) डा.लि मेंग यानले चीनले कोरोना भाइरस सम्बन्धी तथ्यहरु लुकाएको खुलासा गरेकी छिन् ।
काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्म भारतमा नभई नेपालमै भएको भन्ने अभिव्यक्तिलाई लिएर भारतीयहरूले भारतको बनारसमा रहेका नेपालीलाई दुर्व्यवहार गरेका छन् ।
काठमाडौं, ३ साउन । भारतको बनारसमा नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।