उदयपुर, १० साउन । भरुवा बन्दुकको छर्राले लागेर लिमचुङबुङ गाउँपालिका–५ जाँते बस्ने ५५ को बिद्याराज राईको शुक्रबार मृत्यु भएको छ ।
मोरङ, १० साउन । कटहरी गाउँपालिका–२ हल्दिबारीस्थित सडकमा को.२ त १३७६ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री जहदा गाउँपालिका–५ बस्ने ५० वर्षीय विलट राजभरको शनिबार बिहान मृत्यु भएको छ ।
जनकपुरधाम, १० साउन । कोरोना महामारीका कारण प्रदेश २ मा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितहरुको संख्यामा पनि वृद्धि हुने क्रम जारी छ । पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३१ र बारामा १ गरी ३२ जनामा संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगर, १० साउन । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान संकायको भवन उद्घाटन भएको छ ।
नयाँदिल्ली, १० साउन । अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा आउँदो अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने बुधबार घोषणा गरेको हो ।
काठमाडौं, १० साउन । भारतले राजधानी दिल्लीपछि दोस्रो ठाउँमा कोरोना भाइरस भएर निको भएकाहरुको प्लाज्मा बैंक खेलेको छ । उक्त बैंक चेन्नईमा सुरु गरिएको राज्यका मुख्य स्वास्थ्य सचिव राधाकृष्णनले बताएका छन् ।
वीरगन्ज, १० साउन । वीरगञ्ज महानगरपालिकामा आज शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएपछि निषेधाज्ञा लगाइएको हो ।
काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर गएको भन्दै संकटबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने सुझाव दिएका छन् ।
वीरगञ्ज, ९ साउन । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ ।
वीरगञ्ज, ९ साउन । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
काठमाडौं, ९ साउन । केही दिन देखिको अविरल वर्षाले उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । गत हप्तादेखि प्रदेश २ मा आएको बाढीले बगाउँदा अहिलेसम्म सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन् । त्यस्तै बाढीले सय १९ घर र ८ सय ४५ जना विस्थापित भएका छन् ।
काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७६/७७ मा प्रदेश २ का सरकारको आधाभन्दा बढी बजेट फ्रिज भएको छ ।
काठमाडौं, ८ साउन । नेपालले भगवान रामबारेमा दाबी प्रस्तुत गरिरहेका बेला भारतले अयोध्यामा भव्य तीन तले मन्दिर बनाउने भएको छ । पहिलेको मन्दिरभन्दा पनि भव्य देखिने गरी तीन तले राम मन्दिरको डिजाइन फाइनल गरिएको हो ।
काठमाडौं, ८ साउन । सरकारले छिमेकी मुलुक भारतसँग विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणलाई पूर्वस्वीकृति दिएको छ । विद्युत् प्राधिकरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सिरहा, ८ साउन । गोलबजार नगरपालिका–३ जमनटकीस्थित सडकमा स.१च८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
सप्तरी, ८ साउन । आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, ८ साउन । सैनामैना नगरपालिका–१ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बाँके, ८ साउन । डुडुवा गाउँपालिका–१ होलीयाबाट ६५ सिसि नियन्त्रित लागूऔषध कोरेक्ससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजविराज, ८ साउन । कोरोना भाइरस (कोभिड–१९) का कारण राजविराज नगरपालिकामा एक वृद्धको मृत्यु भएपछि घोषणा गरिएको लकडाउन पूर्णरुपमा पालना भइरहेको छ ।
काठमाडौं, ८ साउन । कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ’इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ ।
वीरगन्ज, ८ साउन । वीरगन्जमा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो ।
काठमाडौं, ७ साउन । मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मस्थल अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण हाल नेपाल भारत लगायत संसारभरिका धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरु र हिन्दु ओमकार परिवारका बीचमा उत्पन्न परिस्थितिबारे विश्वहिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई कोभिड–१९ बारे पारदर्शी नबनेको आरोप लगाएका छन् ।