काठमाडौं, १७ जेठ । अजर हस्पिटालिटिद्वारा सञ्चालित भारतको प्रख्यात रेस्टुरेन्ट चेन प्यान एसियाको मामागोतो रेस्टुरेन्ट नेपालमा स्थापना गरिएको छ ।
काठमाडौँ, १७ जेठ । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
काठमाडौं, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
बारा, १७ जेठ । जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित पूर्व पश्चिम राजमार्गको १४ किलो भन्ने स्थानमा यात्रुबाहक बस लुट्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
धनुषा, १७ जेठ । बटेश्वर गाउँपालिका १ त्रिपुरा बस्ने २८ वर्षीय मनोज महतोलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
बारा, १७ जेठ । कोल्बी नागरपालिका २ झुरझुरेबाट रौतहट मौलापुर नगरपालिका ९ बस्ने २७ वर्षीय शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १७ जेठ । महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबारदेखि शुरु भएको छ ।
कपिलवस्तु, १७ जेठ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रौतहट, १७ जेठ । तराईलाई उपेक्षित गरी बनाइएको स्वास्थ्य सेवा सम्बन्धी ऐनको कारण मधेशका सदरमुकाममा रहेका अस्पतालहरुमा चिकित्सकको आभाव देखिएको छ ।
कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विरोधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्योहोरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाएका छन् ।
काठमाडौं, १६ जेठ । परम्परागत उपचारकर्मीहरुको एउटै मापदण्ड तयार गरिने भएको छ । जनस्वास्थ्य ऐनले परम्परागत उपचारकर्मीहरुको लाइसेन्स स्थानीय तहमार्फत दिलाउने बन्दोबस्त गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीको एउटै मापदण्ड तयार गर्ने कार्य अगाडि बढाएको हो ।
धनुषा, १६ जेठ । धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भु कुमार साहको करिब साढे २ वर्षीय छोरा आर्यन भन्ने समिर कुमार साहको गत वैशाख २४ गते हत्या गरेको अभियोगमा सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई उनकै घरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १६ जेठ । रुपन्देही र कपिलवस्तुले ओगटेको नेपाल–भारत सीमा क्षेत्रमा २ सय ४८ सीमास्तम्भ बनेका छन् ।
काठमाडौं, १६ जेठ । मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फितरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
काठमाडौं, १६ जेठ । नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । गोरखामा पत्रकार सम्मेलन गरी संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरे ।
जनकपुरधाम, १६ जेठ । प्रदेश २ को सरकारले जेठ १९ गते आइतबार आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १६ जेठ । शिवराज नगरपालिका वडा नः ९ स्थित दशगाउँका आगलागी प्रभावितहरुलाई राहत वितरण गरिएको छ । बुधबार भएको आगलागीका पीडितहरुलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्र नः १ ले राहत वितरण गरेको हो ।
कपिलवस्तु, १६ जेठ । १२औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले पार्टी कार्यालय तौलिहवामा विचार गोष्ठी सम्पन्न गरेको छ ।
काठमाडौं, १६ जेठ । सरकारले जेठ १५ मा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । निकै आशाको रुपमा हेरिएको सरकारको बजेटले केही आशालाग्दा योजनाहरु अगाडि ल्याएको छ । आफ्नो गाउँ, आफैं बनाऔं अभियान फेरि लागु गरिएको छ भने राज्ययसम्पत्ति दोहन विरुद्ध कठोर नीति लिईएको छ ।
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ ।
रौतहट, १५ जेठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको सबैभन्दा पुरानो विद्यालय जुद्ध माध्यमिक विद्यालयमा निर्माण हुने दलित छात्रावास भवनको नगर प्रमुख अजय कुमार गुप्ताले बुधबार विहान शिलान्यास गरेका छन् ।
बुटवल, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकै पुरानो मध्येका बुटवल बहुउद्देश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परीक्षण कार्यक्रम गरेको छ ।
रौतहट, १५ जेठ । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक र वडा नम्बर ९ का वडा अध्यक्ष हकदैया नभएको जग्गा अतिक्रमण गराउने प्रयास गरिरहेको खुलेको छ ।
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।