काठमाडौं, १५ जेठ । सप्तरी जिल्लामा खाँडो नदीको बहाब निकासका निम्ति नेपाल र भारतीय प्राविधिकको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ ।
रौतहट, १४ जेठ । रौतहट जिल्लाको कटहरियाबाट प्रहरीले एनसेल मोबाइल कम्पनीको चोरी भएको बैटरीसहित तीन जनालाइ पक्राउ गरेको छ ।
काठमाडौं, १४ जेठ । नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विभिन्न मितिमा लिइएको विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सोमबार प्रकाशन गरिएको छ ।
बुटवल, १४ जेठ । विद्यार्थीहरुको भविष्यलाई शुनिश्चित गर्ने उद्देश्यका साथ सेन्ट जोसेफ उमाविले प्रत्येक कक्षामा विद्यार्थी क्याप्टेन र उपक्याप्टेन छनौट प्रकृयालाई अपनाउँदा विद्यालयमा एक प्रकारको चुनावी माहोल सृजना भएको विद्यालयकका सहायक प्रार्चाय कमल पोखरेलले जानकारी गराएका छन् ।
रौतहट, १४ जेठ । रौतहट जिल्लाको छुट्टाछुट्टै ठाउँबाट मंगलबार २ जनाको शव बरामद भएको छ । गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीबाट १ महिला तथा राजपुर नगरपालिका वडा नम्बर १ स्थित उखुको खेतबाट एक जना पुरुष गरी दुई जनाको शव बरामद भएको हो ।
काठमाडौं, १४ जेठ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।
काठमाडौं, १४ जेठ । यदुवंशी उत्थान समाज नेपालको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, १४ जेठ । गत आइतबार सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा घाइते भएका सैलुनका सञ्चालक जीव कुमार ठाकुर भनिने छोटु ठाकुरको अविलम्ब उपचारको व्यवस्था मिलाउन नेपाल नाई ट्रेड युनियनले माग गरेको छ ।
चितवन, १४ जेठ । थारु आयोगलाई थारु÷थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् ।
काठमाडौं, १४ जेठ । सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का अध्यक्ष पीएस गोलेले सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन्
रुपन्देही, १४ जेठ । प्रदेश ५ को नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको संशोधन प्रस्ताव अस्वीकृत गर्दै बहुमतले पारित गरेको छ ।
जनकपुरधाम, १३ जेठ । नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माणका लागि सम्झौता भएको छ ।
काठमाडौं, १३ जेठ । नीजि क्षेत्रको बुद्ध एयरले काठमाडौं कोलकत्ता उडान सुरु गरेको छ । काठमाडौंबाट कोलकत्ताका लागि बिहान ८ बजे एउटा उडान गरिने र आगामी जुलाई १ देखि नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।
कपिलवस्तु, १३ जेठ । कपिलवस्तुको तौलिहवाकी ६ वर्षीया बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।
सर्लाही, १३ जेठ । हरिवन नगरपालिकाका नगर प्रमुख तथा समुदाय–प्रहरी हरिवन नगरपालिकाका संयोजक गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तु, १३ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं, १३ जेठ । पशुपति क्याम्पसमा पत्रकारिता विषय स्नातक तह दोस्रो वर्ष अध्ययनरत विद्यार्थीहरुले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेका छन् ।
रुपन्देही, १२ जेठ । जिल्लाको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण शुरु गरेको छ ।
चितवन, १२ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३ नम्बर प्रदेश अन्तर्गत चितवन शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको निरीक्षण भ्रमण आइतबार गरेका छन् ।
सुनसरी, १२ जेठ । धरान उपमहानगरपालिका ५ साउनेस्थित जीवन बिकास सहकारी शाखा कार्यालय धरान १६ बालीकामोडबाट पैसा कलेक्सन गर्न खटिएका सहायक कर्मचारी धनपाल गाउँपालिका २ बस्ने ३५ वर्षीय शम्भु गच्छादारको साथमा रहेको नगद ४ लाख रुपैयाँ आइतबार बिहान लुटपाट भएको छ ।
वीरगन्ज, १२ जेठ । मुसहरबस्तीका १ सय बालबालिकालाई शैक्षिक समग्री, व्यक्तिगत सरसफाइका समान र लत्ता कपडा वितरण गरिएको छ ।
कपिलवस्तु, १२ जेठ । मायादेवी गाउँपालिका–८ बरकुलस्थित सडकखण्डमा लु.१ ज ४१७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार सोही स्थान बस्ने २८ वर्षीय बिनोद चमारको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौं, १२ जेठ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन, ११ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा चितवन भरतपुर महानगरपालिका(२२ पटिहानीस्थित पर्यटक प्रहरी कार्यालयको शनिबार आयोजित एक कार्यक्रमवीच उद्घाटन सम्पन्न भएको छ ।