काठमाडौं, २ जेठ । बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानीको मोडालिटी आगामी महिना भारतमा आयोजना हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले टुंगो लगाउने भएको छ ।
रौतहट, २ जेठ । बैशाख ३१ गतेका दिन विद्यालयबाट अपहरणमा परेका ६ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरी अभिभावकके जिम्मा लगाएको छ ।
काठमाडौं, २ जेठ । संसदको विकास समितिले काठमाडौंको तीनकुने र टेकु पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणको भइरहेको ढिलाई र गुणस्तरका बारेमा गुनासो आएपछि समितिले निरीक्षण गरी सडक विभाग र निर्माण व्यवसायीबाट जाकारी लिएको हो ।
भैरहवा, २ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्ना सेवाग्राहीलाई निःशुल्क चिया कफी प्रदान गर्ने भएको छ ।
काठमाडौं, २ जेठ । नेपाल आईस आन फुटसको उपाधि भोग एड एण्ड इभेन्ट प्रा.लिले जितेको छ । सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोगले उपाधि उचालेको हो ।
अजय मिश्र, कपिलवस्तु, २ जेठ । चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
जनकपुरधाम, २ जेठ । सामाजिक विकास मन्त्रालयले प्रदेश २ का किशोर किशोरीहरुका प्रजनन स्वास्थ सुधारका लागि विशेष प्याकेज बनाई लागू गरिने कुरा प्रदेश सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले बताएका छन् ।
काठमाडौं, २ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् ।
कपिलवस्तु, १ जेठ । महाराजगंज नगरपालिका ८ सिंग्राहा–कजरहवास्थित सडकको किनारमा रहेको बगैचाबाट बाह्रबोरको एकनाले बन्दुक १ थान मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
रौतहट, १ जेठ । गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरका सवारी चालक राम शरण ठाकुरले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा मधेशवाणी राष्ट्रिय साप्ताहिक पत्रिकाका जिल्ला संवाददाता राकेश कुमार यादवलाई उपमेयरको विरोधमा किन समाचार लेखेको भन्दै अभद्र व्यवहार गर्नुको साथै ज्यान मार्ने धमकी दिएका छन् ।
काठमाडौं, ३१ बैशाख । नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच समापन गरेका छन् ।
विराटनगर, ३१ बैशाख । मोरङमा मंगलबार बिहान मुसलधारे वर्षा र हावाहुरीसँगै परेको चट्याङले एककोे ज्यान लिएको छ । मोरङको रतुवामाई नगरपालिका ४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ भने एकै परिवारका दुई जना घाइते भएका छन् ।
काठमाडौं, ३१ वैशाख । भारतका उच्च अधिकारीहरुले विगत डेढ वर्षमा नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
नेपालगञ्ज, ३१ बैशाख । दिनानुदिन गर्मी बढेसँगै नेपालगञ्जमा विद्युतीय सामग्रीको व्यापार बढेको छ । गर्मीबाट बच्न आवश्यक सामान किन्न बजार धाउनेहरुको संख्या पनि बढ्न थालेको छ ।
बाँके, ३१ वैशाख । अीख्तयार दुरुपयोग अनुसन्धान आयोगलेको टोलीले बाँकेमा घुस लिदाँलिदै सामुदायिक वनका दुई पदाधिकारीलाई पक्राउ गरेको छ ।
रौतहट, ३१ बैशाख । उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ्गले नेपाली जनताले लामो समय राजनितिक संघर्षमा बिताएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लगायतका उपलब्धिहरु प्राप्त गर्नुमा नेपाली सपूतहरुको धेरै योगदान रहेको बताएका छन् ।
काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।
जनकपुरधाम, ३१ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुखको कार्यालय तथा निजि सचिवालयका कर्मचारीहरुले १ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी हावाहुरीबाट प्रभावित बारा र पर्साका पिडितहरुका लागि पठाएका छन् ।
काठमाडौं, ३१ बैशाख । नेपालप्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ ।
रौहतट, ३० बैशाख । गरुडा नगरपालिका ८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ ।
रुपन्देही, ३० बैशाख । मायादेवी गाउँपालिका ४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री कोटईमाई गाउँपालिका ४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ ।