नवलपरासी(पश्चिम), ३० बैशाख । रामग्राम नगरपालिका १६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीसरावल गाउँपालिका ५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरीप्रितीयादवको घटनास्थलमै मृत्यु भएको छ ।
वीरगन्ज, ३० बैशाख । एभिन्युज टेलिभिजनका वीरगन्जस्थित ब्युरो कार्यालयमा तोडफोड भएको छ । एभिन्यूजको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ ।
जनकपुरधाम, ३० बैशाख । प्रदेश नं. २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आफ्नो प्रतिवेदन मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेको छ ।
जनकपुरधाम, ३० बैशाख । बारा र पर्साको हावाहुरी पीडितका लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक हस्तान्तरण गरेको छ ।
जनकपुरधाम, ३० बैशाख । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जनकपुरधाम, ३० बैशाख । प्रदेश २ का सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल धितोपत्र बोर्डले जनकपुरधाममा अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
नेपालगन्ज, ३० बैशाख । बाँकेका किसानका लागि बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनाको मूल नहरको मर्मत सम्भार हालका लागि आयोजनाले नै गर्ने भएको छ ।
जनकपुरधाम, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । जानकी नवमीको अवसरमा उनी सोमबार विहान जनकपुर आएर जानकी मन्दिरमा दर्शन एवं पूजाअर्चना गरेकी हुन् ।
रौतहट, ३० बैशाख । रौतहट जिल्लाको परोहा नगरपालिकाका उपप्रमुख सुगान्धी देवी गिरीले कुनै किसिमको विभेद भेदभाव नरहेको बताएकी छन् ।
कैलाली, २९ बैशाख । धनगढी उपमहानगरपालिका ३ स्थित कन्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बस्ने जगदिश जोशीको जुत्ता चप्पलको गोदाममा विद्युत सर्ट भई आइतबार
कपिलवस्तु, २९ बैशाख । कपिलवस्तुको कृष्णनगरमा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ ।
काठमाडौं, २९ बैशाख । उपरथी दर्जामा पदोन्नति भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जनकपुरधाम, २९ बैशाख । शहीद दुर्गानन्द झा अस्पतालको कार्य थालनी भएको छ । धनुषाको नगराइन नगरपालिका वडा नं. २ स्थित जटहीमा १० वर्ष पूर्वदेखि छुट्याएर राखिएको जग्गा घेरवार गर्नका लागि कार्य संघीय संसद राजेन्द्र महतोले
काठमाडौं , २९ बैशाख । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
जनकपुरधाम, २९ वैशाख । प्रदेश २ को सरकारले सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ ।
काठमाडौं, २९ बैशाख । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको छ । दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
बुटबल, २९ बैशाख । प्रदेश ५ सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धि गरेको छ । गत वर्ष प्रदेश ५ को आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत मात्र थियो । यो वृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
काठमाडौं, २९ बैशाख । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुनुहुने भएको छ । भियतनामको उत्तरी प्रदेश हा नाममा हुने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालगन्ज, २९ बैशाख । नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी भएको छ । विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ ।
जनकपुरधाम, २९ बैशाख । सप्ताहव्यापी रुपमा मनाइने जानकी नवमी महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।
धनगढी, २८ बैशाख । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देही, २८ बैशाख । तिलोत्तमा नगरपाकिलाका नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।
काठमाडौं, २८ बैशाख । भारत सरकारले नेपाललाई रेलका दुई वटा डिब्बा दिने सहमति भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कपिलवस्तु, २८ बैशाख । किसानलाई खेती गर्नका लागि मलखाद्यको चरम अभाव भएको बेला मिलोमतोमा उद्योगपतिलाई व्यवसायिक रुपमा मलखाद्य वितरण गरिएको रहस्य खुल्न आएको छ ।