ठूला नेताहरुसँग चिनियाँ अपराधीको सेटिङ्ग !

फिचर

12/31/2019

काठमाडौं, १५ पुस । गत साता प्रहरीले पक्राउ गरेका १ सय २२ जना चिनियाँमाथि अनुसन्धान नै नगरी चीन पठाउने तयारी भएको छ । आगामी शनिबार चार्टड विमानमार्फत् उनीहरुलाई चीन पठाउने गृह मन्त्रालयको तयारी छ । उनीहरुले नेपालमा बसेर चीनमा अपराध गरेकाले चीनमै लगेर थप अनुसन्धान र कारबाही गर्न लगिएको छ ।

यसैगरी चीनले मलेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया लगायत देशबाट समेत अपराधमा संलग्न नागरिकलाई लगेको थियो । ठुला बंगलाहरु भाडामा लिएर इन्टरनेटमार्फत् ठगी र असुली गर्ने सो समुहले नेपालमा प्रहरी, अध्यागमन अधिकारी मात्र होइन नेताहरुसँग समेत सेटिङ मिलाएको खुलेको छ ।

स्रोतका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनसँग उनीहरुको निकटतम सम्बन्ध देखिएको छ । तर, पुनले उनीहरुलाई संरक्षण गरे÷नगरेको खुल्न सकेको छैन । आफुहरु ठुला चिनियाँ सफ्टवेयर व्यवसायी भन्दै उनीहरुले हिमचिम बढाएका थिए । उपराष्ट्रपति पुत्र दिपेश पुनसँग उनीहरुको खास सम्बन्ध थियो ।

नेपालमा उनीहरुलाई दिपेशले नै संरक्षण गरेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि दिपेशले नै लगेर चिनियाँलाई भेटाएका थिए । दिपेश र महानिरीक्षक खनालबीच राम्रो सम्बन्ध छ ।

खनाललाई आईजीपी बनाउने क्रममा उनले तत्कालीन माओवादीभित्र खनालको पक्षमा माहोल बनाइदिएका थिए । त्यही वापत उनले सरुवादेखि अनेक काममार्फत् फाइदा लिइरहेका छन् । सो चिनियाँ समुहले गृहमन्त्रीको सचिवालय तथा अन्य नेताहरुसँग समेत पहुँच बनाइसकेको थियो ।

छापा नहान्न भन्दै अध्यागमन विभागमा समेत उनीहरुले सेटिङ मिलाएका थिए । सेटिङकै कारण मुख्य नाइकेहरु भाग्न सफल भएका हुन् । पाचँ सयभन्दा धेरै पक्राउ गर्ने योजना भएपनि थोरै मात्र पक्राउ परेका हुन् ।

भागेका र उनीहरुलाई संरक्षण दिनेउपर समेत नेपाल प्रहरीले अनुसन्धानमा चासो नदिनुलाई भने रहस्यका साथ हेरिएको छ । कतिसम्म भने कुनै पनि चिनियाँको गाडीसमेत बरामद गरिएको छैन । दृष्टिबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ