काठमाडौंमा मधेशी व्यवसायीमाथि निर्घात कुटपिट

समाचार

5/25/2019

काठमाडौं, ११ जेठ । काठमाडौंमा शुक्रबार राति मधेशी समुदायका एक व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएको हो ।

बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएका यादवमाथि शुक्रबार राति राती ९ बजे तीन जनाको समूहमा आएका युवाहरुले एक्कासी आक्रमण गरेका थिए ।

उनी पसल बन्द गरेर घर फर्कने क्रममा तीन जनाको समूहले टाउकोमा रड प्रहार गरी घाइते बानाएको छ । यादवको उपचार बसुन्धारास्थित बिपि स्मृति होस्पिटलमा भइरहेको छ । उनको टाउकोमा सात वटा टाका समेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई मधेशी, इन्डियन, धोती भन्दै सो समूहले रडले प्रहार गरी घाइते बनाएको छ । कुटपिट गर्नेहरुको पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ