सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ जनताले जनकारवाही गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो महाधिवेशन आगामी बैशाख २६ गते गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० जना सदस्यहरु मनोनयन गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रतिनिधिसभामा भइरहेको विरोध तथा प्रदर्शनको समस्याको समाधान वार्तामार्फत् हुनुपर्ने बताएका छन् ।
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सत्ताका लागि सदनमा अवरोध गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम – २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । शनिबार काठमाडौंको बुद्धनगरमा आयोजित पार्टी एकीकरण घोषणा सभामा दुई पार्टीका बीचमा एकताको घोषणा भएको हो ।
चितवन । आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला आज सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाबाट तुलबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको छ ।
काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र जनमत पार्टी बीच आपसी सहकार्यको लागि सहमति भएको छ ।
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फिरंगी नेतृत्वका कारण गौरको विकास हुन नसकेको बताए ।
राकेश यादव, रौतहट । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगन थापाले मुलुकमा शासन व्यवस्था परिवर्तन गर्ने मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसले अवस्था फेरिने कार्य गर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।
राजविराज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशी नेताहरुको गदारीले मधेश आज उजाड भएको बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ ।
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २६ असोज । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।
रुपन्देही, २१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् ।