जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रतिनिधिसभामा भइरहेको विरोध तथा प्रदर्शनको समस्याको समाधान वार्तामार्फत् हुनुपर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाको आयोजनामा जनकपुरधाममा सम्पन्न भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले शान्ति, समृद्धि, सुशासन तथा स्थिरताका लागि वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै आफ्नो पार्टी मुलुकमा राजनीतिक स्थिरता मार्फत जनताको जनजीवनमा परिवर्तन ल्याउन चाहेको जिकिर गरे ।
एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक परिवर्तनका कारणले मधेश प्रदेश सरकारमा परिवर्तन हुनु स्वभाविक भएको बताउँदै आफ्नो पार्टी सरकारमा सहभागी हुने विषय परिस्थितिले निर्माण गर्ने बताए ।
उनले केन्द्रमा आफूहरू एमाले सहितको अहिलेको गठबन्धन सरकारमा भएपनि नेकपा एमालेसँग नेकपा एसको पार्टी एकीकरणको कुनै सम्भावना नभएको बरु नेकपा एस महाधिवेशनको तयारीमा जुटेको बताए ।
तपाईको प्रतिक्रिया