काठमाडौं, १८ मंसिर । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत विखण्डनकारी नभई एउटा जिनियस तथा विद्वान व्यक्ति रहेको बताएका छन् ।
मंगलबार मधेशवाणी रेडियो कार्यक्रममा एक अन्तर्वार्ताको क्रममा उनले डा.राउत जस्ता व्यक्ति नेपालको लोकतान्त्रिक राजनीतिको मूलधारमा आउनुपर्ने जिकिर गरेका छन् ।
‘राज्यले डा.राउतलाई यदि बारम्बार गिरफ्तार गर्ने, यातना दिने लगायतका कुरा गर्यो भने मुलुक वास्तवमै विखण्डनको बाटो जान्छ’, उनले भने, ‘त्यसैले राज्यले जुन किसिमले डा. राउतलाई ह्रास गर्ने काम गरिरहेको छ, त्यसको विरुद्धमा पनि उभिएको हो ।’
सिके राउतलाई राज्यको नेतृत्व गर्न दिनुपर्ने बताउँदै अधिवक्ता भण्डारीले भने, ‘डा.राउतले उठाएका मुद्दाहरु किन यति लोकप्रिय वा चर्चा पायो यसको पनि समीक्षा गर्नुपर्छ ।’ वरिष्ठ अधिवक्ता भण्डारीसँग गरिएको कुराकानीको पूर्णपाठ शुक्रबार मधेशवाणीमा प्रकाशित हुनेछ ।
तपाईको प्रतिक्रिया