फोरमको केन्द्रीय कार्यालयमा तालाबन्दी, उपेन्द्र यादवविरुद्ध नाराबाजी

राजनीति

10/5/2018

काठमाडौं, १९ असोज । नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नाराबाजी भएको छ ।

फोरम नेपालका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालको पूर्वनिर्धारित महाधिवेशनको मिति पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सार्न लागिएको भन्दै विद्यार्थी नेताहरुले नाराबाजी गरिरहेका छन् ।

विद्यार्थी फोरमको महाधिवेशन आइतबारदेखि मंगलबारसम्मका लागि तय भएको थियो । तर, पार्टी अध्यक्ष यादवको निर्देशनमा मिति सारेको भन्दै नाराबाजीसहित तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने माग गरिरहेका छन् । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेकोले तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने विद्यार्थी फोरमका सचिवालय सदस्य श्यामले मधेशवाणीलाई बताएका छन् ।

विद्यार्थीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरी नाराबाजी गर्दै टायर बालेर प्रदर्शनसमा उत्रेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ