लोसपाको महाधिवेशन बैशाख २६ गते हुने

राजनीति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो महाधिवेशन आगामी बैशाख २६ गते गर्ने निर्णय गरेको छ ।

लोसपाको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णय गरिएको छ ।

यसैगरी, लोसपाले संविधान संशोधनका बारेमा अन्य दलसँग छलफल गर्न तीन सदस्य कार्यदल गठन गरेको छ । लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य छन् ।

‘संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ ।

यसैगरी, एसइइको नजिता खस्किनुमा विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको निष्कर्ष लोसपा बैठले निकालेको छ । मधेश प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुख्खाग्रस्त भएकोले किसानलाई अल्पकालीन र दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग लोसपाले गरेको छ ।

साथै, उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान प्राप्त गर्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ