डा. राउतको गिरफ्तारी महँगो साबित हुनेछ : प्रवक्ता खाँ

राजनीति

10/7/2018

काठमाडौं, २१ असोज । स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खाँले गठबन्धनका संयोजक डा.सीके राउतको गिरफ्तारी महँगो साबित हुने चेतावनी दिएका छन् ।

आइतबार सिरहा जिल्ला अदालत हुँदै रौतहट पेशीमा हजारौं समर्थकहरुसँग रौतहट अदालत पुगेका डा. सी के राउतलाई रौतहट प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । समर्थकहरुलाई गालीगलौज गरी प्रहरीले कुटपिट समेत गरेको आरोप प्रवक्ता खाँको छ ।

‘अदालतमा आफै मुद्दा लगाउने, तारिख र पेशीमा जाँदा विनाकारण गिरफ्तार गरिनु मानवको स्वतन्त्रतालाई कुण्ठित गरि मानवअधिकारलाई उल्लंघन गरिरहेको छ ।’ प्रवक्ता खाँको आरोप छ ।

नेपालमाथि अब अन्तर्राष्ट्रिय कोर्ट अफ जस्टिकमा गई संयुक्त राष्टसंघबाट नेपालको सदस्यता खारिज गराउन अघि बढ्ने उनले चेतावनीसमेत दिएका छन् ।

साथै प्रवक्ता खाँले मधेश र विदेशमा समेत नेपाल देशको विरुद्ध ब्यापक आन्दालनको घोषणा गर्ने चेतावनी दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ