काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं प्रमुख युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख विदेश्वर यादव (विक्की) ले पार्टीबाट राजीनामा दिएका छन्।
काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत प्रतिनिधि सभा निर्वाचनको परिणामलाई परम्परागत दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको जनआकाङ्क्षाको अभिव्यक्ति भन्दै पार्टीभित्र निर्मम आत्मसमीक्षाको प्रस्ताव गरेका छन्।
सिरहा । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन–२०८३ बाट निर्मल मण्डल राष्ट्रिय उपमहासचिवमा निर्वाचित भएका छन्। मण्डलले ५०१ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी ललित चन्द्र मल्लिकलाई पराजित गरेका हुन्। मल्लिकले ४१४ मत प्राप्त गरेका थिए।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदका लागि मनिषकुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।
कपिलवस्तु । राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चुनौती बढ्दै गएको दाबी गर्दै हिन्दुहरू आफ्नो धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन्।
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठको पूर्वसन्ध्यामा मधेशी एकता समाज, यूएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट निकासका लागि ‘फेक शासन’को भण्डाफोर, सिस्टम सुधार र नयाँ संविधान निर्माणको दिशामा निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा मनिषकुमार मिश्रको सम्भावित उम्मेदवारीबारे पार्टीभित्र चर्चा बढेको छ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनताको अधिकारलाई थप सुदृढ बनाउन राजनीतिक दलहरूबीच संवाद, सहकार्य र साझा पहलकदमी आवश्यक रहेको बताएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारीबारेमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
काठमाडौं । ‘हुंकार मधेश’को केन्द्रीय अभियानको बैठकले संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौतीको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।
काठमाडौं । उद्योगपति विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्री प्रसारित भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ।
काठमाडौं । ‘हुंकार मधेश’ अभियानले आफ्नो अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गरेको छ।