मधेशवाणी डेस्क, काठमाडौं, १२ फागुन । राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम द्रुतगतिमा अगाडि आएको छ ।

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गरिरहेका छन् ।

बारा, १२ फागुन । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको कृषिमन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गरेकी छन् ।

बाँके, १२ फागुन । नरैनापुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगर, ११ फागुन । १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् । उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गरेका हुन् ।

काठमाडौं, ११ फागुन । काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना गरेको छ ।

वीरगंज, ११ फागुन । आगामी चैते धान बालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने क्रम शुरु भएको छ ।

कपिलवस्तु, ११ फागुन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री विष्णु पन्थीसहित लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ ।

रुपन्देही, ११ फागुन । बुटवलमा सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज, ११ फागुन । वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्तामा स्वीकृति बिना नै अवैध रुपमा सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थालाई सिलबन्दी गरिएको छ ।

धनगढी, ११ फागुन । कैलालीमा ११ औँ हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान शुरु भएको छ ।

जनकपुरधाम, १० फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न परामर्श समिति गठन गरेको छ ।

काठमाडौं, १० फागुन । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरुका लागि नेपाल–भारत खुला सीमा सम्वाद समूहले हेल्प डेस्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं, १० फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले ‘नेपाल विद्युत प्राधिकरण’ कसले सञ्चालन गरिरहेको भन्दै प्रश्न गरेका छन् ।

काठमाडौं, १० फागुन । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

कैलाली, १० फागुन । जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट फागुन सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र काटेको छ ।

काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

बर्दिया, १० फागुन । नवगठित राष्ट्रिय स्वराज पार्टीले बर्दिया जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।

रौतहट, ९ फागुन । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले मधानी महायज्ञलाई विथोल्न विभिन्न प्रपंच गरेका नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुखलाई कारवाही गर्न सम्बध निकाय संग माग गरेकी छिन् ।

रूपन्देही, ९ फागुन । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क डेरा गरी बस्ने चितवन घर भएका २२ वर्षीय सुरज बजगाईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

बाँके, ९ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा भे.३ प ९५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ ।

सर्लाही, ९ फागुन । बलरा नगरपालिका–५ अर्नाहा बस्ने राकेश मिश्रको घरबाट एकनाले भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

पर्सा, ९ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु, ९ फागुन । जिल्लाको महाराजगंज नगरपालिका–६ स्थित कन्चनिया पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।



ट्रेन्डिङ