काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) ले लोकतन्त्रलाई मजाक बनाउने काम गरेको भन्दै आलोचना गरेका छन् ।

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले एमबीए प्रथम वर्ष प्रथम सेमेस्टरका दुई विषयको परीक्षा स्थगित गरेको छ।

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित नेपालको लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र दाङको तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

काठमाडौं । मधेश मुक्ति अभियानले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठकपछि संगठनको केन्द्रीय समिति सदस्यहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका ओमप्रकाश मेहता तथा सिरहाको गोलीकाण्डमा ज्यान गुमाएका गणेश यादव प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले संयुक्त रूपमा प्रेस वक्तव्य तथा अपिल जारी गर्दै सरकारले निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनापछि प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले गृहमन्त्रीलाई पत्र लेख्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा सम्बन्धित सुरक्षा अधिकारीहरूको भूमिकामाथि अनुसन्धान गर्न माग गरेका छन्।

काठमाडौँ। राष्ट्रिय एकता दलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

काठमाडौं । जनअधिकार पार्टीले सुनसरीको देवानगन्ज गाउँपालिकामा हिजो राति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, गम्भीर र शीघ्र छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

काठमाडौं। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष निकालेको छ ।

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सुनसरी निर्वाचन क्षेत्र नं. ४ का सांसद दीपक कुमार साहले बराहक्षेत्र नगरपालिका अन्तर्गत प्रकाशपुर, चक्रघट्टी, राजाबास, मधुवन, गल्फडिया लगायतका क्षेत्रमा देखिएको गम्भीर विद्युत् समस्याप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो ।

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको बहसलाई लिएर वर्तमान सरकारमाथि तीखा प्रश्न उठाएका छन्।

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको कटहरिया नगरपालिकामा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै वर्तमान शासनशैलीमा अपेक्षित परिवर्तनभन्दा पुरानै केन्द्रीकृत र विभेदकारी सोचको निरन्तरता देखिएको आरोप लगाएका छन्।

काठमाडौं । कमन जेन–जी नेपालले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै वर्तमान कार्यशैलीलाई जनविरोधी र निरंकुश भएको आरोप लगाएको छ।

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई आगामी तीन महिनाभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन स्थानीय तहलाई निर्देशन दिएकी छन्।

वीरगञ्ज । मधेश प्रदेशको प्रमुख धार्मिक आस्थाको केन्द्र गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथयात्रा तथा धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

काठमाडौँ । विपद्सम्बन्धी सूचना, गुनासा तथा उद्धार सेवामा नागरिकको पहुँच सहज बनाउन गृह मन्त्रालयले ‘विपद् हटलाइन’ नम्बर १२३४ लाई देशभरका ७७ जिल्लामा सञ्चालनमा ल्याएको छ।

ट्रेन्डिङ