सिमरा, १२ चैत । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई गृहजिल्लामा उत्साहपूर्ण वातावरणमा स्वागत गरिएको छ ।

विराटनगर, १२ चैत । मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशले मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

कैलाली, १२ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आफू लड्ने वा नलड्ने निर्णय नगरेको बताएका छन् ।

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ ।

वीरगन्ज, ११ चैत । मोटरसाइकलबाट लडेर वीरगन्जमा एक महिलाको मृत्यु भएको छ ।

रुपन्देही, ११ चैत । २२औँ तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

काठमाडौं, ११ चैत । भारतीय राजदूतावास काठमाडौंले शुक्रबार इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

कमल राज पौडेल देबकमल, बर्दिया, ११ चैत । हरेक वर्षको मार्च २४ अन्र्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । “हो हामी क्षयरोग अन्त्य गछौ” भन्ने मुल नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारीखमा क्षयरोग दिवस मनाउदै छ ।

काठमाडौं, ११ चैत । प्रदेश १ लाई कोशी नामाङ्कनको विरोधमा कोशीमा चलिरहेको आन्दोलनलाई ९वटा आदिवासी राजनीतिक दलहरुको गठबन्धनले समर्थन गर्ने जनाएको छ ।

धनुषा, ११ चैत । जिल्लाको मिथिला नगरपालिका–३ लालभित्तीमा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

विराटनगर, १० चैत । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा मृत्यु भएको छ ।

बाँके, १० चैत । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

रौतहट, ९ चैत । गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् ।

धनगढी, ९ चैत । नेपाली कांगे्रसले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामा अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौं, ९ चैत । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेद्वारी दिने जनाएको छ ।

काठमाडौं, ९ चैत । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले ‘मिशन बारा–२’ घोषणा गरेका छन् ।

लहान, ९ चैत । नेपाल चलचित्र कलाकार संघको उन्नाईसौं चुनावमा मधेश र मधेशीप्रति विभेद भएको छ । यस्तो विभेदप्रति मधेश मिडिया मिशन नेपालले आपत्ति जनाएको हो ।

सर्लाही, ९ चैत । सर्लाही क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बदर गर्न लोकतान्त्रिक विद्यार्थी संघले माग गरेको छ ।

जनकपुरधाम, ८ चैत । जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन मधेश सरकारले दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।

कााठमाडौं, ८ चैत । “जातीय विभेदः छुवाछुत : मानवता बिरुद्धको अपराध, दोषी माथि किन कारवाही हुँदैन ? जवाफ देउ तीन तहको सरकार “भन्दै विभिन्न जिल्लामा प्रदर्शन लगायत कार्यक्रमहरु सम्पन्न भएको छ ।

कमल राज पौडेल देबकमल, बर्दिया, ८ चैत । जिल्ला दुग्ध उत्पादक सहकारी संघले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको रोहबरमा निजि डेरी व्यवसायी संघ र नेपाली उपभोक्ता संरक्षण महासंघका साथै सरोकारवाला निकायहरुको सहभागितामा बैठक बसेर दुध तथा दुधजन्य पदार्थको मूल्य समायोजन गरेको छ ।

काठमाडौं, ८ चैत । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ ।

बाँके, ७ चैत । नेपालगंज उपमहानगरपालिका–४ न्यूरोड बस्ने ४२ वर्षीया कल्ला कसगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

कैलाली, ७ चैत । जोशीपुर गाउँपालिका–७ हजारीबारास्थित सडकमा से.१ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी, ७ चैत । धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।



ट्रेन्डिङ