रूपन्देही, ५ असोज । सैनामैना नगरपालिका–११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
रौतहट, ५ असोज । जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट करीव ७ लाख ८० हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिरहा, ५ असोज । बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका–५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
मोरङ, ५ असोज । बेलबारी नगरपालिका–८ चिसाङ पुलमा बा.७९ प ७०८४ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँके, ५ असोज । डुडुवा गाउँपालिका–६ आसमानपुर हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच बिहीबार राति आपसी विवाद भई झडप हुँदा रूपन्देही वतन भएका १८ वर्षीय बालबन्दीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
कैलाली, ५ असोज । गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
बिर्तामोड । झापाका महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सामाजिक व्यक्तित्व शारदा रिजालले सहयोग प्रदान गरेकी छन् ।
काठमाडौं । खाँटी मधेशवादी अर्थात् अर्गानिक मधेशी नेताको रूपमा चिनिएका नेता हुन् राजेन्द्र महतो । तराई–मधेशसहित हिमाल र पहाडका उत्पीडित, शोषित, उपेक्षित जनसमुदायको मुक्तिका लागि बुलन्द आवाज उठाउँदै आएका नेता महतो एउटा बृहत् राष्ट्रव्यापी अभियानको तयारीमा जुटेका छन् ।
काठमाडाैं । काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
जनकपुरधाम, ३ असोज । संविधान दिवसलाई कालो दिन भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले कालो झण्डासहित प्रदर्शन गरेको छ ।
आज असोज ३ गते अर्थात् संविधान दिवस । लामो संघर्ष र ठूलो त्याग बलिदानपछि मुलुकले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान २०७२ असोज ३ गते पायो । शताब्दीदेखिको ठूलो संघर्षपछि नेपालको सार्वभौमसत्ता नेपाली जनताको हातमा आयो ।
रूपन्देही, २ असोज । तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ ।
कपिलवस्तु, २ असोज । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
मोरङ, २ असोज । विराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौं, १ भाद्र । कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्ने बताएका छन् ।
कैलाली, १ असोज । घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सर्लाही, १ असोज । ईश्वरपुर नगरपालिका–६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम, १ असोज । मधेश प्रदेश अर्थमन्त्री एवं मधेश सरकारका प्रवक्ता संजय कुमार यादवले नेपालीहरुको महान पर्व(व्रत) हरितालिका तीज, विश्वकर्मा पूजा, गणेश चतुर्थी, चौरचन/चौठी चाँद व्रतको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
कञ्चनपुर, १ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको अवलोकन गरेका छन् ।
न्यूयोर्क, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।
नेपालगन्ज, ३१ भाद्र । विद्यार्थीलाई कुलतबाट जोगाउन वडा प्रहरी कार्यालय नेपालगन्जले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
काठमाडौं, ३१ भाद्र । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क पुगेका छन् ।