रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् ।
मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथासिघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।
राष्ट्रिय धान दिवसको विशेष अवसरमा किसानलाई शुभकामना दिदै आजपा अध्यक्ष साहले किसानलाई पेन्सन दिनुपर्ने माग सरकारसंग गरेका हुन् ।
‘राष्ट्रिय धान दिवसको विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछूँ। मानो रोपेर मुरी फलाउने महान् किसानहरू यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेको सन्दर्भमा, सरकारले तुरुन्तै राहत प्याकेजको घोषणा गर्नुका साथै कृषकहरूका लागि ससम्मान पेन्सनको व्यवस्था गरोस् भन्ने विशेष माग गर्दछु,’ शुभकामना सन्देशमा आजपा अध्यक्ष साहले लेखेका छन् ।
तपाईको प्रतिक्रिया