संघीयता खारेज र शक्तिकेन्द्रित प्रणालीको प्रस्ताव खतरनाक : हृदयेश त्रिपाठी

समाचार

काठमाडौं । मधेशवादी नेता हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रस्तुत केही प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्। उनले ती प्रस्तावहरू देशको राजनीतिक संरचना र सामाजिक सन्तुलनका लागि जोखिमपूर्ण हुन सक्ने बताएका छन्।

त्रिपाठीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्तावले शक्ति केन्द्रीकरण बढाउने र तानाशाही प्रवृत्ति जन्माउन सक्ने खतरा औंल्याएका छन्। नेपाल जस्तो विविधता भएको समाजमा यस्तो प्रणाली उपयुक्त नहुने उनको तर्क छ।

त्यस्तै, संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रस्तावलाई उनले एकात्मक सोचबाट प्रभावित र विभाजनकारी धारणा भएको बताएका छन्। संविधानले दिएको अधिकारबाट प्रदेशलाई कमजोर बनाइएपछि त्यसकै आधारमा संघीयता आवश्यक छैन भन्ने प्रचार गर्नु गलत भएको उनको भनाइ छ।

उनले स्थानीय तहहरूमा क्षमता अभाव, बढ्दो बेरुजु र सेवा प्रवाहमा समस्या रहेको स्वीकार गर्दै यस्तो अवस्थामा थप संरचना विस्तारभन्दा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ