Amnesty International Youth-57 जनकपुरधामको अध्यक्षमा मनिष झा श्रीओम निर्वाचित

समाचार

जनकपुरधाम । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था Amnesty International Youth-57 जनकपुरधाम समूहको ३५औँ साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्रीओमलाई अध्यक्ष (संयोजक) मा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पन्न साधारण सभा जनकपुरधामस्थित होटल फुलसुममा आयोजना गरिएको थियो। कार्यक्रममा Amnesty International Nepal का पूर्व अध्यक्ष शम्भू ठाकुर प्रमुख अतिथि तथा समूहका संयोजक कमल साह अध्यक्ष रहेका थिए।

सभाले समूहको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। त्यसपछि आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष (सह–संयोजक) मा उर्मिला यादव, सचिवमा अम्बिका प्रसाद कर्ण, कोषाध्यक्षमा मुकेश ठाकुर तथा सदस्यहरूमा फूल कुमारी साहकैलाश प्रसादउदयचन्द्र यादवसञ्जय प्रसाद साह र शिवशंकर मिश्र सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

त्यस्तै, सल्लाहकार समितिमा कमल साह (पत्रकार)डा. बिनय कुमार झा (सर्जन) तथा रमेश कुमार साह (जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष) चयन भएका छन्। प्रदेश प्रतिनिधिका रूपमा कमल साह र उर्मिला यादव चयन भएका छन्।

कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा युवाको सक्रिय सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Amnesty International विश्वका १५० भन्दा बढी देशमा मानव अधिकारको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय संस्था हो, जसका १ करोडभन्दा बढी सदस्य तथा समर्थक विश्वभर आबद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ