काठमाडौं, ९ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार र सोमबार गरी दुई दिनसम्म बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
रौतहट, ९ फागुन । मौलापुर नगरपालिकाद्वारा धार्मिक पर्यटन विकास तथा मधानी महायज्ञलाई विश्वस्तरमा चिनाउने उद्देश्यले आयोजित महोत्सवमा तेस्रोे दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौ पहलवानले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
महोत्तरी, ८ फागुन । महोत्तरी गाउँपालिका–३ मडै बस्ने ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट सोमबार दिउँसो मृत्यु भएको छ ।
रौतहट, ८ फागुन । गौर नगरपालिका–६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
मोरङ, ८ फागुन । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
नेपालगन्ज, ८ फागुन । विभिन्न पार्टी परित्याग गरी चार सयभन्दा बढी नेता कार्यकर्ता नवगठित राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।
काठमाडौं, ८ फागुन । राष्ट्रिय एकता अभियानले आइतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
जनकपुरधाम, ८ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले लोकतन्त्र र मधेश मुद्दाको मशाल जलाइरहने बताएका छन् ।
जलेश्वर, ८ फागुन । नेपाल मुस्लिम महिला कल्याण केन्द्रले दुईदिने जलवायु परिवर्तन र लैंगिक समानता तथा समाजिक समाबेशीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
दिनेश ठाकुर, नेपालगञ्ज, ८ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो ।
दिनेश ठाकुर, नेपालगञ्ज, ७ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ ।
वीरगञ्ज, ७ फागुन । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघ पर्साद्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठास्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं वार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, ७ फागुन । गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाका लागि पशु बीमा सुरु गरेको छ ।
काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।
काठमाडौं, ७ फागुन । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सम्पन्न भएको छ ।
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।
दिनेश ठाकुर, नेपालगन्ज, ७ फागुन । जनमत पार्टी बाँकेका युवा नेता नसिम सलमानी, नसिम खाँ, तथा सब्बीर खाँ पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा सदस्यता लिइ प्रवेश गरेका छ।
जनकपुरधाम, ६ फागुन । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले आफ्नो निर्वाचन क्षेत्रमा ‘दलान दलील’ कार्यक्रम सुरु गरेका छन् ।
काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ ।
काठमाडौं, ५ फागुन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
चितवन, ५ फागुन । राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
मोरङ, ५ फागुन । सुन्दरहरैचा नगरपालिका–१ हरैचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ गएराति चोरी भएको छ ।
कपिलवस्तु, ५ फागुन । मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।