जनकपुरधाम, २८ फागुन । धनुषा जिल्लाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतको पर्खाल फोडेर फरार रहेका एक जना थुनुवा पक्राउ परेका छन् ।
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।
प्रेमचन्द्र झा, रौतहट, २८ फागुन । रौतहटको एक माध्यमिक विधालयका प्रधानाध्यापकलाई आफनै विधालयका शिक्षकले कुटपिट गरेको प्रहरीले बताएको छ ।
महोत्तरी, २८ फागुन । गौशला नगरपालिका–५ बस्ने दिपेन्द्र कुमार साहको आरोही मोबाईल सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही, २८ फागुन । चन्द्रनगर गाउँपालिका–२ बबरगंजमा मधेश प्रदेश ०४–००१ प ३७७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बारा, २८ फागुन । जितपुरसिमरा उपमहानगरपालिका–८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौँ, २८ फागुन । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी नेपालका उपराष्ट्रपति पदका उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।
बारा, २७ फागुन । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । बजनीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन् ।
काठमाडौं, २७ फागुन । नेकपा एमालेले पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
रूपन्देही, २७ फागुन । रुपन्देही जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौं, २६ फागुन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रौतहट, २६ फागुन । ईशनाथ नगरपालिका–९ लवताना बस्ने २० वर्षीय गणेश यादवले बुधबार दिउँसो कुटपिट गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
कैलाली, २६ फागुन । धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
बारा, २५ फागुन । जितपुरसिमारा उपमहानगरपालिका–१ हुलासअगाडी वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख २१४८ नम्बरको बस दुर्घटना भएको छ ।
रौतहट, २५ फागुन । मौलापुर नगरपालिका–६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या गरेको अभियोगमा देवाही गोनाही नगरपालिका–७ बस्ने २१ वर्षीय संजय महतोसमेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ फागुन । राष्ट्रपतिको निर्वाचन लगत्तै जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिको उम्मेद्वार तय गरेको छ ।
काठमाडौं, २५ फागुन । चौथो कार्यकालका लागि राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
शिवा शर्मा, बर्दिया, २५ फागुन । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत अभियन्ता शम्भु थापाको रिहाई माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान, बर्दियाका संयोजक कमल राज पौडेल देवकमलको नेतृत्वमा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बाँके, २५ फागुन । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी बुधबार मनाइएको छ ।