काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका मनिष कुमार मिश्र पछिल्लो समय नेपाली कांग्रेसलाई मधेशमा पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा सक्रिय भएका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
काठमाडौं । नेपालमा रहनुभएका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो।
काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित शनिबार जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा रहेका भारतीय नागरिक तथा भारतका नेपाली मित्रहरूलाई शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदैछ। स्वतन्त्रता दिवसको मुख्य समारोह नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजना गरिएको छ।
काठमाडौं । जन अधिकार पार्टीले नेपालको स्थापित पत्रिका जन आस्था का सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्।
जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साहले राष्ट्रिय अनुसन्धान विभागलाई अझ प्रभावकारी, समावेशी र जवाफदेही बनाउन सरकारसँग आग्रह गरेका छन्।
काठमाडौं । पूर्वमन्त्री तथा नेता हृदयेश त्रिपाठीले नयाँ राजनीतिक मोर्चा गठन हुनु सकारात्मक कदम भए पनि त्यसको सफलता वर्तमान नेतृत्वको भूमिकामा निर्भर रहने बताएका छन्।
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।
काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ।
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानताको उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक, आर्थिक र सामाजिक विभेदमा परेका नागरिकलाई समान अधिकार, अवसर र सम्मान दिलाउनु अग्रगामी मोर्चाको प्रमुख उद्देश्य रहेको बताएका छन्।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान, अधिकार र न्यायका लागि विभिन्न समुदाय तथा पहिचानबीच एकता आवश्यक रहेको बताएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको सर्वस्वहरण भएको भन्दै वास्तविक लोकतन्त्रलाई स्थापित गर्न आफूहरुले मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले घोषणा भएको ‘अग्रगामी मोर्चा’प्रति शुभकामना दिँदै मोर्चाको वैचारिक दिशा र नेतृत्वबारे प्रश्न उठाएका छन् ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुक अराजकतातर्फ उन्मुख भइरहेको हो कि भन्ने प्रश्न उठिरहेका बेला जनतामा आशा र भरोसा कायम गर्न विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीच अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।
काठमाडौं । रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूको उचित निर्वाह भत्ताको माग गर्दै आमरण अनशनमा रहेका डाक्टर दिल्ली हरिजनप्रति राष्ट्रिय समता पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक कुमार साहले सुनसरीको देवानगञ्ज तथा सिरहामा भएका हत्या घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।
काठमाडौं । सुनसरीमा भएको गोलीकाण्डमा घाइते भई उपचाररत रहेका रबिन्द्र मेहताको निधन भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशनप्रति विभिन्न राजनीतिक दलका नेताहरूको ऐक्यबद्धता बढ्दै गएको छ।