काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारीबारेमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार (१८ असोज)मा केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् ।
पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न भनिएको बैठकले आगामी आन्दोलनको तयारी बारेमा समेत महत्वपूर्ण निर्णय गर्दैछ । सरकारको कामकारवाहीको समिक्षा सहित अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन सहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहले जनाएका छन् ।
यसैगरी बैठकमा विदेशी एजेण्टहरुबाट देश बचाउन, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउन, फेक शासनको अन्त्य गर्न एवं जनविरोधी कार्यबारेमा समेत बैठकमा छलफल हुनेछ । मुल्यबृद्धि, कालोबजारी, कर आतंक, मलखाद्यको अभाव, बाढीपीडितको पूनर्स्थापना तथा पूननिर्माण सहितका बिषयमा छलफल एवं निर्णय हुनेछ ।
तपाईको प्रतिक्रिया