सुनसरी गोलीकाण्डमा घाइते रबिन्द्र मेहताको निधन, महतोद्वारा छानबिनको माग

समाचार

काठमाडौं । सुनसरीमा भएको गोलीकाण्डमा घाइते भई उपचाररत रहेका रबिन्द्र मेहताको निधन भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

महतोले त्रिवि शिक्षण अस्पताल पुगेर दिवङ्गत मेहताको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनलाई सान्त्वना दिएका छन्। साथै उनले राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते अमित यादव र बालक आनन्द दासको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै महतोले दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउन र घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्न पनि जोड दिएका छन्।

महतोले दिवङ्गत रबिन्द्र मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ