सुनसरी । जन अधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सुनसरी घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहीद परिवारसँग भेटघाट गरेका छन्।
आइतबार उनले कप्तानगन्ज पुगेर शहीद जय प्रकाश मेहता र शहीद ओम प्रकाश मेहताका परिवारसँग भेट गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले शहीदहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको न्यायको लडाइँमा आफ्नो पार्टीको पूर्ण प्रतिबद्धता रहेको बताएका छन्।
भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले उक्त घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। उनले सत्य तथ्य बाहिर ल्याई दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया