जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको राजीनामा

समाचार

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतलाई सम्बोधन गर्दै आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय सचिव पदबाट स्वेच्छिक राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा यादवले पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार डेढ दशकदेखि निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन्। पार्टी संगठन सुदृढीकरण, जनताको अधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि आफूले निरन्तर काम गरेको उनको भनाइ छ।

यद्यपि पछिल्लो समय पार्टीभित्र देखिएका राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनले बताएका छन्।

यादवले पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको उल्लेख गर्दै आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता र व्यक्तिगत विवेकलाई मध्यनजर गर्दै राजीनामा दिने निर्णय गरेको जनाएका छन्।

उनको राजीनामापछि जनमत पार्टीको तर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ