गौरमा अर्थमन्त्री स्वर्णिम वाग्लेको पुत्ला दहन, जनअधिकार पार्टीको विरोध

समाचार

रौतहट । गौरमा जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्।

नेता सन्जय यादवको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले संघीयताको भावना विपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै अर्थमन्त्री वाग्लेविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा ‘मधेसी एकता जिन्दावाद’ लगायतका नारा लगाइएको थियो।

प्रदर्शनकारीहरूले संघीय व्यवस्थामाथि प्रश्न उठाउने वा त्यसलाई कमजोर बनाउने कुनै पनि अभिव्यक्ति र गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ