जसपा नेपालको नयाँ केन्द्रीय समिति गठन (नामावलीसहित)

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ।

पार्टीले जारी गरेको परिपत्रअनुसार एकीकरणपछि बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन्।

नयाँ संरचनाअनुसार शरतसिंह भण्डारीलाई सहअध्यक्षको जिम्मेवारी दिइएको छ भने रकम चेम्जोङ वरिष्ठ नेता बनेका छन्।

त्यस्तै, केन्द्रीय उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्।

पार्टीको नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्षलगायत गरी कुल ३३ सदस्यीय पदाधिकारीको संरचना बनाइएको छ।

दुई पार्टीको एकीकरणपछि संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा नयाँ केन्द्रीय समिति गठन गरिएको हो। नयाँ समितिले पार्टीको संगठन विस्तार, एकीकरणपछिको समायोजन तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाउनेछ।

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ