वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

समाचार

जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ।

सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

डा. विमल नेपाली तथा मैथिली साहित्यमा लामो समयदेखि सक्रिय साहित्यकारका रूपमा परिचित थिए। विशेषगरी जनकपुरधाम र मिथिला क्षेत्रको सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशलाई साहित्यमा उजागर गर्न उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।

उनको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक अनुभवी र सक्रिय स्रष्टा गुमाएको छ। डा. विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु हुन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ