अशोक राईको जसपालाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश

राजनीति

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गर्दै आउँदो जेठ ८ गते छलफलका लागि बोलाएको हो ।

जसपा नेपालका अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्चले गत वैशाख २४ गतेको बैठकबाट भएका निर्णयहरु र सोका आधारमा भएका कामकारवाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् ।

सोही अवस्थामा यथास्थितीमा राखी जेठ ८ मा छलफलको लागि उपस्थित हुनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ के नियम ४९ (२) (ख) बमोजिम प्रत्यर्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको षिमा विचार गर्दा, निर्वाचन आयोगको बैठक सङ्ख्या १२÷२०८१ मिति २०८१ वैशाख २४ को बैठकको प्रस्ताव नं ३० मा भएका विभिन्न निर्णयहरुमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेको भन्ने देखिन आइ उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निश्कर्षमा पुग्न मुनासिव देखिएको’, व्यहोरा जारी आदेशमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ