तमलोपा, जनता प्रगतिशील पार्टी र जनमतबीच सहकार्य गर्ने सहमति

राजनीति

काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र जनमत पार्टी बीच आपसी सहकार्यको लागि सहमति भएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा तमलोपाको अध्यक्ष वृषेशचन्द्र लाल, जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठी र जनमत पार्टीको अध्यक्ष डा.सीके राउतले आपसी छलफल पश्चात् यस्तो सहमतिमा हस्ताक्षर गरेका हुन् ।

विज्ञप्तिमा अन्य दलहरुलाई पनि यस सहकार्यको अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।

गत फागुन ९ गते यस्तै सहमति तराई–मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टी बीच भएको थियो ।

यस सहमतिबारे टिप्पणी गर्दै तमलोपाको केन्द्रीय सदस्य ब्रजकिशोर सिंहले – ‘मधेशका शक्तिहरु देश र मधेशसंग सम्बन्धित मुद्दाहरूमा आपसी छलफल र अन्तर्क्रिरयाको वातावरण बनोस् भन्ने यो तीन दलको प्रयास हो ।‘

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ