काठमाडौं, ७ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो ।

काठमाडौं, ४ भाद्र । महन्थ ठाकुर समूहको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) हुने भएको छ ।

काठमाडौं, ३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गरेको छ ।

काठमाडौं, २ भाद्र । अन्ततः जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवत्रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

काठमाडौं, २ भाद्र । महन्थ ठाकुर समूहका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफूहरुले नेपालको सबै भूभागका नेपाली अटाउने पार्टी निर्माण गर्न लागेको बताएका छन् ।

काठमाडौं, २ भाद्र । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताको तयारी गरिरहेका छन् । स्रोतका अनुसार ठाकुर एकल अध्यक्ष रहनेगरी दलको तयारीमा जुटेका हुन् ।

काठमाडौं, १ भाद्र । प्रदेश नं. २ का पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका लोकप्रिय युवा नेता सुरेश मण्डलले आफूले गुट परिवर्तन नगरेको स्पष्ट पारेका छन् ।

काठमाडौं, १ भाद्र । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।

काठमाण्डौ, १ भाद्र । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ ।

काठमाडौं, ३२ साउन । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुर नै रहेको दाबी गरेका छन् । उनले कसैले आधिकारिकता पाउँदैमा आफूहरुले गठन गरेको जसपा अरुको हुन नसक्ने जिकिर गरेका हुन् ।

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी नेपालमा अब उपेन्द्र यादव मात्र एकल अध्यक्षको रुपमा रहेको निर्वाचन आयोगमा अध्यावधिक गरेको छ । एक वर्षअघि गठन भएको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई जना अध्यक्ष थिए ।

जनकपुरधाम, २४ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न आरोपहरु लगाएका छन् ।

काठमाडौं, १८ साउन । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहबाट उपेन्द्र यादव समूहमा लागेका नेताहरु अहिले ‘न घर न घाटका’ भएको महसुस गरिरहेका छन् ।

काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतले चयन भएका छन् ।

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाएसँगै अध्यक्ष उपेन्द्र यादवले कारबाही प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष यादवले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समितिको हेडकाउण्ट सम्पन्न भएको छ ।

7/8/2021

जनकपुरधाम, २४ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

7/8/2021

काठमाडौं, २४ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

6/26/2021

सर्लाही, १२ असार । नेपाली काँग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको आयोजित छैटौँ नगर सभा बहिष्कार गरेको छ ।

6/20/2021

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले अर्को अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।

ट्रेन्डिङ