महन्थ ठाकुर जसपा (लोकतान्त्रिक) दर्ता गराउँदै

राजनीति

काठमाडौं, २ भाद्र । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताको तयारी गरिरहेका छन् । स्रोतका अनुसार ठाकुर एकल अध्यक्ष रहनेगरी दलको तयारीमा जुटेका हुन् ।

ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दल दर्ताका लागि आफ्ना पक्षीय नेताहरुसँग छलफलमा जुटेका छन् । स्रोतका अनुसार जसपा (लोकतान्त्रिक)को चुनावचिन्ह साइकल रहनेछ ।

यद्यपि दलको नाम र चुनावचिन्ह अहिले प्रस्तावित मात्रै हो, टुंगो लागिसकेको छैन ।

देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ