काठमाडौं, ४ भाद्र । महन्थ ठाकुर समूहको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) हुने भएको छ ।
जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि ठाकुर समूहले प्रस्ताव गरेको नाम संशोधन गरेको हो ।
लोसपाको अध्यक्षमा महन्ठ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहनेछन् । समाजवादी पार्टी नेपाल लोकतान्त्रिक नाम प्रस्ताव राखेर निर्वाचन आयोगमा निवेदन दिएपछि समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाउँदै ध्याकर्षण गराएका थिए ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।
अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।
साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको छ । साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।
तपाईको प्रतिक्रिया